झापा,पुष १४ । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर केही समययता गानो कुहिएर बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादक मारमा परेका छन्। रोगले बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन्। फलस्वरूप जिल्लामा अदुवा उत्पादनमा ह्रास आएको छ। तर रोगका कारण किसानले अदुवा खेती गर्न छाड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए। ‘इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसकोआम्दानीले घर खर्च चलाउँदै आएका छौँ। तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ,’ उनले भने, ‘अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ।’ गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए। ‘शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ’, उनले भने। अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ। गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ। अदुवा खेती गर्दै आएका किसान जगनाथ अधिकारी भन्छन्, ‘रोप्नुअघि नै बिउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ।’ ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रिनेवित्तिकै मर्न थालेपछि किसानले वैकल्पिकरूपमा एभोकाडो र ड्रागनलगायत खेती गर्न थालेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्