बिर्तामोड,पुष १५ ।अव्यवस्थित पार्किङ रहेको बिर्तामोडको भाटभटेनीबाट सवारी साधन चोरी भएको छ ।

फाइल फोटो

सडकमै पार्किङ गर्ने गरिएको ठाउँबाट मोटरसाइकल चोरी भएको हो । बिर्तामोड नगर अस्पतालका कर्मचारी पवन रिजाल हिजो साँझ ६ः३० बजे भाटभटेनीको बायाँपट्टिको पार्किङमा रहेको प्र १ ०१२प ५९६ नं को कालो र निलो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको हो ।

अत्यधिक भीडभाड हुने गरेको भाटभटेनीका ग्राहकहरुले सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन् । आवतजावत गर्ने राजमार्गमा भीडभाड हुने गरी भाटभटेनी अगाडि गर्ने गरिएको पार्किङप्रति बिर्तामोड नगरपालिका र ट्राफिक प्रहरीले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्