झापा, पुष १७ । इलाम घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् ।

खाँदबारी नगरपालिका–७ मा बस्दै आएका वरिष्ठ प्रहरी हवल्दार तामाङ आइतवार राति २ बजे डिउटी सकेर सुतेका थिए ।
वरिष्ठ प्रहरी हवल्दार तामाङ बिहान ५ बजे अचेत अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । वरिष्ठ हवल्दार तामाङको अस्पताल भर्ना हुनुअघि नै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ ।

पीडित परिवारले मृत्यु शंकास्पद भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् । घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्