झापा, पुष १८ । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ ।

संघर्ष समितिले बुलेट किराती (अन्जेश राई) को रिहाईको माग गर्दै आज र भोलि मेची राजमार्ग बन्दको आह्वान गरेको हो । संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् ।

निजी तथा साना सवारीहरु संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।
सवारी साधन नचल्दा यात्रुहरु प्रभावित बनेका छन् ।किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजनीसम्बन्धी मुद्धा दर्ता गरिएको उनलाई हिजो अदालतमा उपस्थित गराएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्