झापा, पुष १८ । तातो खोलेमा परी घाइते भएका बाह्रदशी ५ का एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

बाह्रदशी ५ का गोपाल टुडूका २ वर्षीया छोरी सृष्टि टुडूको उपचारका क्रममा काठमाडौंको सुष्मा मेमोरियल अस्पतालमा हिजो मृत्यु भएको हो । पाँच दिनअघि नै ती बालिकालाई खोलेले पोलेको थियो । बेलैमा ठाउँमा उपचार गर्न नलैजाँदा ती बालिकाको मृत्यु भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले जलनसम्बन्धी उपचारका लागि पर्याप्त अस्पतालहरु नहुनु र मुलरुपमा जलनमा परेकालाई समयमै जलनको उपचार हुने अस्पतालमै लानुपर्छ भन्ने जनसाधारण र स्वास्थ्यकर्मीहरुमै समेत ज्ञान नभइदिँदा उपचारमा ढिलाई भएर ती बालिकाको ज्यान गएको बताए । सबै स्थानीय तहहरुले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्