झापा, पुष २० । नेकपा एमालेले झापाका दीपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।


शुक्रवार बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरिएको महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

प्रदेश अधिवेशनबाट अध्यक्षमा उम्मेवार बनेका कोशीका विनोद ढकाल,बागमतीका कृष्ण दाहाल,गण्डकीका मायानाथ अधिकारी र लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्