अर्जुनधारा ,पुष २० । झापाको अर्जुनधारा–३ स्थित खुदुनावारी स्वास्थ्य चौकीमा जनता औषधी कार्यक्रम शुरु गरिएको छ ।

स्वास्थ्य चौकी प्रमुख डम्बर बल्लभ मिश्रको अगुवाई तथा वडाध्यक्ष सिताराम भट्टराईको पहलमा वडा कार्यालयको ५ लाख रुपैयाँको बजेटले सो कार्यक्रम शुरुवात गरिएको हो ।

वडाबासीलाई प्रत्यक्ष सेवा दिने गरी संचालनमा ल्याएको जनता औषधी कार्यक्रमबाट २० देखि ५० प्रतिशतसम्म छुटमा सय प्रकारका औषधी सेवाग्राहीलाई उपलब्ध गराइने प्रमुख मिश्रले जानकारी दिए । खुदुनावारी स्वास्थ्य चौकीमा आफ्नो योजनाअनुसार २ वर्षमात्र काम गर्न अवसर पाएमा ५० लाख रुपैयाँ मुनाफामा लैजाने लक्ष्य बनाएको उनले दावी गरे ।

साविक खुदुनावारीमा सबैभन्दा पुरानो संस्था खुदुनावारी स्वास्थ्य चौकी हो । २०६४ सालमा स्थापना भएको यस चौकीमा आर्थिक वर्ष २०७७–७८ मा २५ सय, २०७८–७९ मा ३५ सय र २०७९–८० मा ४८ सय बिरामीले उपचार गराएका थिए । २०७९–०८० को फागुन २ गते आफूले कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हाल्दा मासिक ४ सय बिरामी आएकोमा अहिले सरदर १२ सय बिरामी उपचारका लागि आउने गरेको ईन्चार्ज मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्