झापा,पुष २१ । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका हुन् ।

अर्जुनधारा–६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए । चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।

झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरू अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्