झापा,पुष २१ । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको जनाएको छ, जसमा १६२ जनाको मृत्यु भएको छ। २९६ जना घाइते भएका छन्।

गत अक्टोबर ७ गते यता इजरायलले गाजाविरुद्ध सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ। घाइतेको संख्या ५७ हजार ९१० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्