झापा,पुष २१ । सत्तारुढ गठबन्धनले नेकपा एमालेसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य नगर्ने भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेसँग सहकार्य नगर्ने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा गठबन्धनभित्रकै दलबीच भागबण्डा गरेर चुनाव लड्ने समझदारी गरेको उनले बताए। ‘अहिले त्यो विषय छैन अब, गठबन्धनकै दलहरुबीचमा सिटको बाँडफाँट हुन्छ।’, उनले भने, ‘सरकारमा सहभागी दलको छलफल र निर्णयले टुंगोमा पुग्छ र चुनाव लड्छ।’

लेखकले बृहत लोकतान्त्रिक धारणाका साथ सत्ता र प्रमुख प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर एमालेसँग छलफल गरेपनि सम्भव नभएको बताए। उनले एमालेले हिजो १९ सिटमै निर्वाचन लड्ने निर्णय गरेकाले सत्ता गठबन्धन आफ्नै ढंगले अगाडि बढ्ने जानकारी गराए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्