झापा, पुष २२ । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा पुनः ओमकृष्ण विमली निर्वाचित भएका छन् ।

मेचीनगरस्थित कालिका सिमसारमा आज भएको चेम्बर अफ कमर्स झापाको छैठौं साधारणसभा तथा दोस्रो अधिवेशनले बिमलीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बिमली चेम्बर अफ कमर्सको केन्द्रीय सदस्य पनि हुन् । चेम्बर अफ कमर्स झापाको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ विमली , उपाध्यक्षहरुमा मोहनकुमार मित्तल ,प्रदीप खरेल , घनश्याम चौधरी ,भीमा शिवाकोटी , सचिव विरोध सुवेदी ,सहसचिवहरुमा टंकप्रसाद भट्टराई , उमादेवी भट्टराई प्रसाई र कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्तालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई चुनिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्