झापा , पुष २३ । करिव ११ महिनाअघि हल्दिवारी २ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा भएको चोरीमा संलग्नताको आरोपमा एकजनालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीकै सुजित आले रहेका छन् । उनलाई शनिवार पक्राउ गरिएको हो । आलेलाई पक्राउ गरी झापा ल्याइएको प्रहरी स्रोतले जनाएको छ । २०७९ साल माघ २० गते उक्त सहकारीको मुख्य गेट र भल्ट (सेफ) फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । घटनापछि आरोपित आले भारतमा लुकेर बसेका थिए । घर आएको मौकामा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

सहकारीको सीसी क्यामेरा फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले आलेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ । सीसी क्यामेरा फुटेजमा चोरीमा संलग्न २ जना देखिएका छन् । अर्का व्यक्तिको पनि खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्