झापा, पुष २४ । प्रहरीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गरेको छ ।

उनी काठमाडौँबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी गरिरहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिकास्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्