झापा, पुष २६ । विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कन्काई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको छ ।

संस्थाका पदाधिकारीहरुले बिहीवार अपांग र असहाय बालबालिकाहरुलाई खाद्यान्न, तरकारी , फलफूल र उपभोग्य सामानहरु वितरण गरेका हुन् । ६० केजी चामल , १० केजी मुरै , २० केजी चिउरा , २७ केजी फूलकोभी , ३२ केजी बन्दाकोभी , एक क्यारेट टमाटर, एक क्यारेट सुन्तला ,एक काटुन अंगुर , डाइपर , साबुन , नून , खानेतेल, चिनीलगायतका सामान वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् । अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक चिफ सत्यनारायण शर्मा , विशिष्ट अतिथि डिष्ट्रिक चिफ निरज ओली, पुकार अपांग अशक्त समाजका संचालक निर्मला शर्मासहित लायन्सका सदस्यहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीको यो ३८ औं कार्यक्रम हो । केही दिनअघि लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयका १५८ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको थियो भने हिमाली मावि लक्ष्मीपुरका विद्यार्थीहरुलाई झुल र किराना सामान सहयोग गरिएको अध्यक्ष ओलीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्