झापा, पुष २६ । बहुविवाह मुद्धाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका वडा नं.२ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.७ बस्ने २६ वर्षीया संगिता बनिया बन्ने संगिता पुरी जेल चलान भएकी छन् ।

उनलाई आज पक्राउ गरी आजै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।झापा जिल्ला अदालतको गत जेठ ४ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा सुनितालाई २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्