झापा, पुष २६ । इलामको माइजोगमाई ३ गुप्तीमा रहेको एक ओडारमा नवजात शिशु फेला परेको छ ।
करिव २–३ दिनको शिशुलाई कसैले फालेको हुनसक्ने आशंका गरिएको छ ।ती शिशुको उद्धार गरिएको छ । शिशुको स्वास्थ्य अबस्था सामान्य रहेको र आवश्यक उपचारको लागि चिकित्सकसंग परामर्श भईरहेको वडा अध्यक्ष राम घिमिरेले जनाएका छन् ।