झापा, पुष २९ । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नं ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो ३.३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४.२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्