झापा, पुष २९ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) झापाको अध्यक्षमा टेकनाथ भण्डारी निर्वाचित भएका छन् ।

मोरङको लेटाङमा सम्पन्न अधिबेशनबाट संघको अध्यक्षमा भण्डारी निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा खेम भण्डारी , उत्तम खनाल ,सचिव देबेन्द्र हुमागाई ,सह–सचिव भाष्कर निरौला चयन निर्वाचित भएका छन् ।सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल,सुरेन्दमूर्ति पन्न,जीवन शिवाकोटी, प्रमिला बजगाई ,कपिल क्षेत्री, प्रकाश भण्डारी चयन भएको सचिब हुमागाईले जानकारी दिए ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का ,मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चन्द्र खनालले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएको शिक्षा विधेयकप्रति आपत्ति जनाएका थिए । हिसानले कक्षा ११–१२ का संचालकहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्