झापा, माघ ४ । जंगली हात्तीले झापाको अर्जुनधारामा एक घर भत्काएको छ ।

आज बिहान ३ः३० बजेको समयमा अर्जुनधारा ३ जुकेखाडी बस्ने पदम जोशीको घरमा एउटा जंगली हात्ती आई घरको टाटीबेरा भत्काएको हो । हात्तीले घरमा रहेको अन्दाजी ७ मन धान खाई घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगली हात्तीले झापामा लगातार क्षति गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्