झापा,माघ ४ । चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।
उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।
राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएकाथिए । इलामको चुलाचुली घर बताउने राईका आफन्तहरु सम्पर्क आएका छैनन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारी टोलीले शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा लगेको छ ।