झापा, माघ ५ । झापामा चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगरका नुनु, मोहम्मद इम्ताज भन्ने महमद आलम पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–१० का २८ वर्षीय आलमलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको २०८० असार ८ गतेको फैसला अनुसार चोरी मुद्दामा आलमलाई ३ वर्ष कैद, ३० हजार जरिवाना, ४ हजार ६ सय जाहेरवालालाई भराइदिने र पीडित राहत कोषमा १ हजार २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई शुक्रबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई कैद भुक्तानको लागि झापा कारागार पठाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्