दमक , माघ ८ । झापाको दमकमा आज साँझ टायर पड्किएर कार दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

साँझ ६ बजेको समयमा दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK 08 P 1888 नं. को भारतीय कारको टायर पड्किएर डिभाईडरमा ठोक्किई दुर्घटना भएको हो ।

दुर्घटनामा सोही कारमा सवार भारत सिक्किम प्रदेश सिम्ताम बस्ने ६५ वर्षीय मिलनकुमार राई घाइते भएका छन् । टाउकोमा चोट लागेका राईलाई उपचारको लागि नमस्ते अस्पताल दमकमा भर्ना गरिएको छ । कार चालक सोही ठाउँ ६५ वर्षीय लक्ष्मण राई सकुशल रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्