बिर्तामोड, माघ १० । बिर्तामोडमा जारी दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा आजदेखि सांगीतिक कार्यक्रम शुरु हुँदैछ ।

हिजो महोत्सव उद्घाटन भएकोमा आजदेखि सांगीतिक कार्यक्रम शुरु गर्न लागिएको मेला संचालक नारायण अधिकारीले बताए । उनका अनुसार पहिलो दिन चर्चित गायक राजनराज शिवाकोटीले प्रस्तुति दिने भएका छन् । गायक शिवाकोटीको ‘कुटुमा कुटु सुपारी दाना, सुर्के थैली खै, पूर्व पश्चिम रेल, गोजीमा दाम छैन, चेप्टेचेप्टे पेरुङगो, उम्लियो भने पोखिन्छ ’लगायतका गीतहरु चर्चित छन् । महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहान, समीक्षा अधिकारीलगायतका कलाकारहरु आउने मेला संचालक अधिकारीले बताए ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्