झापा,माघ १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् ।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैै मन्त्री बस्नेतले यस्तो बताएका हन् ।

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । उनले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए । उनले अहिले गाउँहरु बसाईंसराईका कारण रित्तिसकेको बताए ।

मन्त्री बस्नेतले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताए ।

उनले भने, ‘‘नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट छ । त्यसकारण नेपालमा पढ्न पाउनुप¥यो भनेर, धेरै देशले पैसा तिरेर पढ्न पाउनुपर्छ भनिरहेका छन् । माल्दिभ्सका स्वास्थ्यमन्त्रीजीले त जति पटक भेट्यो उतिपल्ट भन्नुभएको छ । त्यो विश्वास छ, नेपालको मेडिकल शिक्षाप्रति ।

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्