झापा,माघ ११ । झापाको कमलमा लागुऔषध गाँजा र ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका– ७ का २५ वर्षीय सुरज लिम्बू, सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका– १ का २४ वर्षीय विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल–७ धिमाल डाँडास्थित एक होटेलमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्