झापा, माघ ११ । राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी भएका हुन् ।

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।

सिटौला विगतमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीकरणको भूमिका समेत निर्वाह गरेका उनी संविधान सभामा संविधानको मस्यौदा समितिको नेतृत्व गरेका थिए । सत्तारूढ गठबन्धनका सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले भने ४ हजार ५६२ मत ल्याए । उनीहरूबीच ७३० को मतान्तर रह्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्