झापा,माघ १३ । संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबार (भोलिबाट) बाट सुरु हुने सुपर कप–२०२४ खेल्न नेपालको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

दुबईमा हुने सुपर कपमा नेपालको प्रतिनिधित्व जनाउन इटहरी कराते एकेडेमीका खेलाडी र प्रशिक्षकको टोली शनिबार बिहान १०ः३० बजे प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली टोली दुबईको सारजाह प्रस्थान गरेको टोलीका प्रशिक्षक हेमा खड्काले जानकारी दिइन् ।

टोलीमा प्रशिक्षक खड्काका साथै व्यवस्थापक सजित कार्की र अरू चार खेलाडी छन् । खेलाडीहरूमा दिपेश कोइराला, सागर राउत, रोजन खड्का र दीपक सरदार रहेका छन् ।

दुबईको सारजाह इन्डिभिजुअल स्पोर्ट्स क्लबको मैदानमा हुने आइतबारबाट सुपर कप खेलाइँदै छ । जसमा नेपाली खेलाडीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डजस्ता एसियन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्