हल्दिवारी , माघ १६ । झापाको हल्दिबारीस्थित एक सहकारी र दूध सङ्कलन केन्द्रमा गएराति चोरी भएको छ ।

हल्दिबारी गाउँपालिका– ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो ।चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी गरेको जनाइएको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ । सीसी क्यामेरा अफ गरेर डिविआर समेत चोरी भएको स्थानीयले बताएका छन् । चोरीको घटना बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्