भद्रपुर,माघ १६ । झापाको भद्रपुर १० चन्द्रगढीमा रहेको विभुति विद्या मन्दिरले ३० औ अभिभावक दिवसमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।


विद्यालय प्राङ्गणमा मंगलवार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत खेलकुदलगायतका विभिन्न विधामा उत्कृष्ट ४ सय बढी छात्रछात्रालाई मेडल,प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले पुरस्कार वितरण गरेका थिए । यस वर्ष विद्यालयले दिपिका स्मृति पुरस्कारबाट कक्षा ९ मा उत्कृष्ट हुने छात्राहरु श्रेया भट्टराई र ईसा पाण्डेलाई नगद पुरस्कार प्रदान गरेको विद्यालयका भाईस प्रिन्सिपल राजेश निरौलाले जानकारी दिए । व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भाईस प्रिन्सिपल निरौला तथा शिक्षक रमेश भट्टराईले संयुक्तरूपमा संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जगदीश काफ्लेले राखेका थिए ।

प्रमुख अतिथि नगर प्रमुख पोखरेल , भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्काले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यालयका गतिविधिका बारेमा संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले प्रकाश पारेका थिए ।सो अवसरमा सी.एन.गौतमद्वारा रचित विभुति गानको लोकार्पण गरिएको थियो । कार्यक्रममा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्