झापा, माघ १६ । शहीद दिवसको अवसर पारेर नेपाली कांग्रेस झापाले जिल्लाका १० वटा प्रदेश निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गर्नुका साथै समुदायमा कांग्रेस अभियानको शुरु गरेको छ ।


बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘प्रजातान्त्रिक आन्दोलनका योद्धा सिके प्रसाईको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ ।

सिके चिन्तन प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उमा शिवाकोटी र सञ्चालन लक्ष्मीप्रसाद आचार्यले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि जलकुमार गुरुङ, रन्जिता कार्की, पुष्पलाल चौधरी, विष्णु खरेल, भोजराज सिटौला, बासु अधिकारीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

अभियानअन्तर्गत अर्जुनधारा ११ मा आयोजित कार्यक्रमका बीच शहीद बुटन चौधरीको शालिकमा माल्यार्पण गरिएको छ ।
अर्जुनधारा नगरसभापति हेमराज खरेलको अध्यक्षता तथा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजवंशी, दिपक तामाङ, दिपेन्द्र ढकाल, गोेपाल चौधरी, मिनु ओलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रशान्त भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य जगतबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्