झापा, माघ १६ । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोड सिटीको संयुक्त पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम कन्काईको पर्यटकीय स्थल धनुषकोटीमा सम्पन्न भएको छ ।

दुवै संस्थाको वर्ष २०२२–०२३ र वर्ष २०२३–०२४ को पद हस्तान्तरण कार्यक्रम गरिएको हो । सन् २०२२–०२३ का लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरे र लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष मनोज बानियाको अध्यक्षतामा पहिलो कार्यक्रम भएको थियो । लायन्स क्लब ३२५ ‘सी’ का डिष्ट्रिक गभर्नर विजयहरि शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा,आइपीडीजी धिरज गुरुङ, द्वितीय डिष्ट्रिक गभर्नर बबरजंग थापा, क्याबिनेट सेक्रेटरी लीला चिमरिया,डिष्ट्रिक चिफ सत्यनारायण शर्मा , निरज ओलीलगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै सन् २०२३–०२४ का लायन्स क्लब अफ अनारमनीका अध्यक्ष महेन्द्र घिमिरे र लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष दुर्गा थपलियाको अध्यक्षतामा दोस्रो कार्यक्रम भएको थियो । कार्यक्रममा दुवै अध्यक्षहरुले मन्तव्य राख्दै आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर विजयहरि शर्माले ओमकृष्ण विमली , निरज ओली , राजकुमार घिमिरे , राजेश दाहाल , मनोज बानिया , सत्यनारायण शर्मालाई पिन प्रदान गरेका थिए । डिष्ट्रिक चिफ निरज ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन लायन्स क्लब अफ बिर्तामोड सिटीका फस्ट भाइस प्रेसिडेन्ट उपेन्द्र बानियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्