एजेन्सी । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्।

प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन्।


मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय सेना मातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नता रहेको आरोप छ। विपक्षी भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो।

यो विषयमा सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो।ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो।

सरकारमातहतको निकाय ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ।
ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि नै सोरेनले राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
उनी झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री भएका हुन्। उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्