बिर्तामोड , माघ १८ । लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् । महोत्सव अवधिभर सो शिविर संचालन गरिने उनले जानकारी दिइन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्