झापा, माघ १८ । झापाको शिवसताक्षी नगरपालिकास्थित कन्काई नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ९ः३० बजेको समयमा शिबसताक्षी ११ नहर चौकस्थित कन्काई नहरको पानीमा डुबेर वडा नं ९ बस्ने ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको हो ।

नहरमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर ईलाका प्रहरी कार्यालय झिलझिलेमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कानुनी प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । परिवारका अनुसार बस्नेत हिजो बिहानदेखि घर आएका थिएनन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्