झापा, माघ १९ । सुनसरीको इटहरी उप–महानगरपालिका–८ मा गेटले किचेर बालकको मृत्यु भएको छ ।

कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहीवार साँझ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि तत्काल बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्