झापा,माघ २२ । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षार्थी सहभागी थिए । जसमा मेडिकलमा ९६२ (५५.९६ प्रतिशत )र डेन्टलतर्फ १७४(६१.०५ प्रतिशत )परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्