बिर्तामोड,माघ २४ ।बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ ।

सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा फागुनको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।

त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकलालगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए । उनले अभिभावकको मन जित्न प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्