झापा,माघ २५ । झापा गाउँपालिका ६ स्थित प्रणामी टोलमा एक भारतीय नागरिक मृत फेला परेका छन् ।

गएराति ८.३० बजेको समयमा भारत बिहार मोतिहारी घर भई कन्काई ३ स्थित मोन्टु शर्माको फर्निचरमा काम गर्ने अन्दाजी ५० वर्षीय कालीचरण शर्मा त्यहाँ मृत फेला परेका हुन् ।

प्रहरी चौकी शरणामतिको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमका लागि आज बिहान शर्माको शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्