बिर्तामोड,माघ २५ । बिर्तामोड नगरपालिका वडा नं ८ का १२ जना पशुपालक किसानले कुटी काट्ने मेशिन पाएका छन् ।

बिर्तामोड ८ नं. वडा कार्यालयले ती किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो । वडा कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा वडाध्यक्ष अजय कार्कीले किसानहरुलाई कुटी काट्ने मेशिन वितरण गरे । कार्यक्रममा वडा सदस्यहरु अग्निप्रसाद पाण्डे , इन्दिरा पाण्डे ,सोयालाल राजवंशी ,लक्ष्मी नेपालीलगायतको उपस्थिति रहेको थियो ।

वडा कार्यालयको २ लाख रुपैयाँको बजेटले ती सामग्री वितरण गरिएको जनाइएको छ । छुटेका किसानहरुलाई केही दिनपछि वितरण गरिने वडाध्यक्ष कार्कीले बताए ।आफ्नो वडाका पशुपालक किसानलाई व्यवसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गर्नेक्रममा ती सामग्री सहयोग दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्