भद्रपुर, माघ २६ । भद्रपुर नगरपालिकाले आगलागीबाट बचाउने कार्यमा खटिने नगरभित्रका प्रहरी चौकीलाई आगो निभाउने सिलिण्डर तथा वडा कार्यालयहरूलाई घाँस काट्ने मेशिन हस्तान्तरण गरेको छ ।

नगर प्रमुख गणेश पोखरेलले नगरपालिकामा एक कार्यक्रम गरी भद्रपुर वडा प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई ६ वटा र सीमा सुरक्षा बलका बीओपीलाई २ वटा आगो निभाउने ग्यास सिलिण्डर हस्तान्तरण गरेका हुन् । त्यस्तै नगरका १० वटै वडालाई सफा र सुन्दर बनाउन एक–एक थान घाँस काट्ने मेशिन प्रदान गरेका थिए ।

नगर प्रमुख पोखरेलले नगरभित्र आगलागी हुँदा आगलागी नियन्त्रणका लागि प्रहरी चौकी अग्रपंक्तिमा खटिने भएकाले तत्काल आगो नियन्त्रणका लागि सहयोग गर्न ग्यास सिलिण्डर प्रदान गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाका सार्वजनिक स्थान तथा सडक आसपास उम्रने झाडी नियन्त्रण गर्न हरेक वडालाई घाँस काट्ने मेशिन प्रदान गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्