कुमरखोद, माघ २७ । चोरी गरेको आशंकामा झापा गाउँपालिकाबाट ३ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा गापा वडा नं १ लसुना बस्ने सनिदेव हस्दा र दुईजना भारतीय नागरिक रहेका छन् । हस्दालाई ईलाका प्रहरी कार्यालयको टोलीले घरैबाट पक्राउ गरेको हो ।पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चोरीको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुन्डिराज गिरीले बताए ।

झापा गाउँपालिकामा दुले चोरको बिगबिगी बढेको छ । फेरि एकैरातमा एउटै टोलका २ वटा घरमा चोरी भएको छ । वडा नं १ लसुनगंजमा शनिवार राति आफ्नो घरबाट साढे ५ तोला सुन , ४५ तोला चाँदी र केही नगद चोरी भएको स्थानीय प्रभुनारायण यादवले जानकारी दिएका छन् । त्यसैगरी त्यही टोलमा बस्ने कमल यादवको घरबाट एउटा एलईडी टिभी र मिक्चर मेशिन चोरी भएको छ । यसअघि दुले चोरहरुले झापा गाउँपालिकामा एक सातामा १० भन्दा बढी घरमा चोरी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्