झापा,माघ २९ । झापाको कन्काई नगरपालिका ७ मन्सापुरमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज साँझ ५ बजेको समयमा कनकाई ७ मन्सापुरमा स्थानीय ४७ वर्षीय जगतबहादुर तामाङ आफ्नै पक्की घरको भुइँतलाको प्यासेजमा उत्तानो परी नाकबाट रगत आई मृत अवस्थामा फेला परेका हुन् ।

उनकी श्रीमती नुनुमाया तामाङ माघ २७ गते मेचीनगर ६ स्थित माईतीघर गएकी थिइन् । उनी आज फर्किआई ढोका खोली हेर्दा तामाङ मृत अबस्थामा फेला परेका थिए । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङले बिगतदेखि नै अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्