भद्रपुर, माघ २९ । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका ६ निवासी कुमार बोगटीको त्यसरी मृत्यु भएको हो । उनको आज बिहान ५.१५ बजे हृदयघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्ष नजिकैको मूल गेटमा डियुटीमा रहेका बेला बोगटीलाई हृदयघात भएको थियो ।

उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्षदेखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए । उनको श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्