झापा,फागुन १ । ठूलो परिणामको प्रतिबन्धित लागुऔषध गाजाँसहित १४ जना भारतीय नागरिक र दुई नेपाली गरी १६ जना पक्राउ परेका छन् । धरानको बेस क्याम्पमा सवारी चेकचाज गर्ने क्रममा इलाका प्रहरी कार्यालयको टोलीले १ सय ४९ केजी गाजाँसहित १४ भारतीय र धरान ११ बाट ८८ केजी गाँजासहित दुईजना नेपालीलाई पक्राउ गरिएको धरानका डीएसपी नमराज मल्लले जानकारी दिएका छन् ।

सवारी चेकजाच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर १० एजे ४४८६, बीआर १० पी ९१५४ र एमपी १७ टिए ०५१२ नम्बरको गाडीमा लोड गरी धनकुटाबाट धरानतर्फ आउँदै गर्दा गाँजा कारोवारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको डीएसपी मल्लले जानकारी दिएका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिकामा उत्पादन हुने गाँजा स्थानीय तस्करसँग मिलेर भारतीयहरूले खरिद गरि लैजाने गरेका छन् । प्रहरीले तीनवटै गाडीका चालकसहित १४ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।

गाँजासहित पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित कटिहार जिल्ला महेशपुर ग्राम पञ्चायत वडा नम्बर ४ का सन्तोषकुमार साह,रिकंकीदेबी यादव, रेखादेवी यादव, गोपी मण्डल, दयानन्द मण्डल, राजेश मण्डल, पुनमदेबी मण्डल, गुडियादेबी मण्डल, भागलपुर जिल्ला खन्जनपुरका शिवम सिंह, सत्यमकुमार यादव, कुमार सिंह,संजयकुमार मण्डल, पुर्णियाँका अंकितकुमार यादव, राजा जयसवाललाई पक्राउ गरिएको डीएपी भण्डारीले जानकारी दिएका छन्।

पक्राउ परेकाहरूको साथबाट ९ थान मोमाइल, १० हजार ६ सय ५० नेपाली रुपैयाँ र ५ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका सबैलाई मंगलबार धरानमा सार्वजनिक गरेको छ ।
त्यस्तै धरान ११ का मौषम राईको टेम्पोबाट ३६ किलो गाँजा र अभिशेक शेर्माको अर्को टेम्पोबाट ५२ केजी गाँजासहित दुबैजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्