झापा,फागुन १ । सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।

सामूहिक जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट २०६७ सालमा नौ वर्ष पाँच महिना १९ दिन कैद फैसला भई फरार रहेको जिल्ला सुनसरी साबिक भरौल गाविस वडा नं. ५ हालको परिवर्तित वराहक्षेत्र न.पा. वडा नं. १ बस्ने वर्ष ३७ को अर्जुन विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
१३ वर्ष अघि नावालिका १५ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको उजुरीपछि निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा निज हाल लुकिछिपी धरान एरियामा बस्ने गरेको सुराक पत्ता लगाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१२ बाट पक्राउ गरेको उनले बताए ।
पक्राउ परेको प्रतिवादीलाई तोकिएको कैद जरिवाना भुक्तानीका लागि सुनसरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्