झापा , फागुन ३ । जंगली हात्तीले झापाको अर्जुनधारामा एउटा घर भत्काएर क्षति गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/01/HATTI.jpg)
गएराति १ः४५ बजेको समयमा तीन वटा हात्तीहरु आई अर्जुनधारा १ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको जस्ताको छानो भएको एकतले घर भत्काएको हो । हात्तीहरुले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तन गरी अन्दाजी ३ लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।