बिर्तामोड, फागुन ३ । पाँच दलीय गठबन्धनको स्वतन्त्र व्यावसायिक प्यानलले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि आज उम्मेदवार घोषणा गर्दैछ ।

आगामी फागुन १४ गते हुने निर्वाचनका लागि नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी ,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा उम्मेदवार घोषणा गर्न लागेका हुन् । उनीहरुले कुन पदमा कसले उम्मेदवारी दिने भनेर टुंग्याएका छन् । जस अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली , वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु ,उद्योग उपाध्यक्षमा गंगा मैनाली , जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई , महासचिवमा कृष्ण पौडेल , वाणिज्य सचिवमा कृष्ण चापागाँई ,कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार बनेका छन् । दुईवटा पद वाणिज्य उपाध्यक्ष र उद्योग सचिवमा ओमप्रकाश श्रेष्ठ र विसन लिम्बूमध्ये कसले कुन रोज्ने भनेर दुवैलाई सल्लाह गर्न समय दिइएको बैठकमा सहभागी एक सदस्यले बताए ।

त्यस्तै खुल्ला सदस्यहरुमा शत्रुधन रौनियार , कृष्ण बजगाई , केदार खनाल , सोहनलाल राजवंशी , राकेश सोहनी , रिता चौधरी , अमिर खानले उम्मेदवारी दिने भएका छन् । महिला सदस्यमा भने चन्द्रा भट्टराई र सुष्मा उप्रेती उठ्ने भएका छन् । यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यवसायी प्यानलले उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्