झापा,फागुन ४ । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलनगरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०÷०८१ को बजेटको आधार नघटाएको बताए। उनले संभव भएजति खर्च गर्न कोशिस गर्ने बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्