झापा , फागुन ४ । आफूलाई नेपाल बिद्युत प्राधिकरणको कर्मचारी बताउँदै ग्राहकसँग ठगी गर्ने क्रम बढ्दै गएको छ ।

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रअन्तर्गत बिर्तामोड,शनिश्चरेलगायतका स्थानहरुमा केही दिनयता “नेपाल बिद्युत प्राधिकरणको कर्मचारी हुँ” भन्दै ग्राहकसँग प्राधिकरणको महशुल,मिटर शुल्क,ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्क लगायतका प्राधिकरणसम्बद्ध भुक्तानीका लागि नगद लिई ठगी गर्ने कार्य बढेको हो । त्यस कार्यमा अपरिचित ब्यक्ति संलग्न भएको र ग्राहक ठगिएको गुनासो आउन थालेकाले कुनै पनि प्राधिकरणसम्बद्ध भुक्तानी अनलाईन वा प्राधिकरणको आधिकारिक महशुल भुक्तानी काउन्टरबाट मात्र गर्न अनारमनी वितरण केन्द्रले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।

त्यस्ता ब्यक्तिहरुले कसैसँग पनि प्राधिकरणसम्बद्ध भुक्तानीका लागि भन्दै नगद माग गरेमा नजिकैको प्रहरी कार्यालय तथा विद्युत प्राधिकरण कार्यालयमा खबर गरी त्यस्ता व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउनका लागि सहयोग गरिदिन वितरण केन्द्रले आग्रह गरेको छ । वितरण केन्द्रले ठगी गर्दै हिड्ने एक व्यक्तिको तस्वीरसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्