झापा, फागुन ५ । इलामको माई नगरपालिकामा एक व्यक्ति मृत भेटिएका छन् ।

घरबाट बाँस काट्न गएका माई नगरपालिका ८ दुङदुङेका ३९ वर्षीय श्याम राई घरनजिकै माईखोलामा मृत भेटिएका हुन् ।
मृतककी पत्नी सुनिता खाजा लिएर जाँदा श्याम खोलामा घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए ।

काटेको बाँस खोलाको किनारमा राखेर आफूले लगाएको सर्ट धुँदै गर्दा घोप्टो परेर पानीमा लडेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । उनका श्रीमती र चार वर्षकी एक छोरी छन् ।
उनको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्